ad ad

समाज


गण्डकीका सुरक्षा प्रमुखहरुलाई गृह सचिव र सशस्त्र प्रहरी महानिरीक्षको निर्देशन

गण्डकीका सुरक्षा प्रमुखहरुलाई गृह सचिव र सशस्त्र प्रहरी महानिरीक्षको निर्देशन

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १४:१२,

गृह सचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गण्डकी प्रदेश अन्तर्गत पर्बत, बाग्लुङ र म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुख हरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका छन्। 

शुक्रबार प्रमुख जिल्ला अधिकारी सहित भएको कार्यक्रममा गृहसचिव न्यौपानेले शान्ति सुरक्षा, बिपद ब्यबस्थापन जस्ता कार्यमा उच्च मनोबलका साथ एकीकृत रुपमा कार्य गर्न निर्देशन दिए। कार्य सम्पादन सम्झौता अनुरुप कार्य गर्न समेत उनले निर्देशन दिए।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र सुरक्षा अबस्था, सुरक्षा चुनौति, बिपद ब्यवस्थापन र कोभिड–१९ संक्रमण नियन्त्रण तथा उपचारबारे प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिपद् ब्यबस्थापन तथा शान्ति सुरक्षा कायम राख्न समन्वय र सहकार्य तथा एकीकृत सुरक्षा योजनाका साथ कार्य गरेमा मात्र उत्कृष्ट सफलता मिल्ने बताए।

महानिरीक्षक खनालले ती जिल्लामा रहेका मातहत युनिटको निरीक्षण गर्ने क्रममा इमान्दार र अनुशासित ढंगले राज्यले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .