समाज


सन्तान नभएपछि पति-पत्नीबीच मनमुटाव, घाँटी थिचेर पतिको हत्या

सन्तान नभएपछि पति-पत्नीबीच मनमुटाव, घाँटी थिचेर पतिको हत्या

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ०:८,

सल्यानमा पतिको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या अभियोगमा उनकै पत्नी ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार बिहान घरायसी विवादमा पत्नीले घाँटी थिचेर पिर्काले टाउकोमा प्रहार गरी पतिको हत्या गरेको मृतकका बुवाले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। जाहेरीपछि इश्वरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

इश्वरीबाट सन्तान नभएको विषयमा पतिपत्नीबीच दिनहुँजसो झगडा भइरहने गरेको स्थानीयले बताएका छन्। जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले पतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad