गण्डकी प्रदेशमा थप १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान र मध्यान्हमा उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार प्रदेशमा १७८ जना नयाँ संक्रमित थपिएका हुन्।
नयाँ थपिएका संक्रमितमा कास्कीका, १०० नवलपरासी पूर्वका ४७, पर्वतका १४, तनहुँका ११, स्याङ्जाका २, बागलुङका २ र लमजुङका २ जना रहेको निर्देशनालयले जनाएको छ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४४२ पुगेको छ।
3
Shares

प्रतिक्रिया