समाज


सर्लाहीमा जुवाकाे खालबाट चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जना समातिए

सर्लाहीमा जुवाकाे खालबाट चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जना समातिए

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार २३:१०,

सर्लाहीमा चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ।

बरहथवास्थित इलाका प्रहरी कार्यालयका  डीएसपी उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गोरु व्यापारी सिंहको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीसहित सर्लाही बरथवा–६ बस्ने ४२ बर्षका राम प्रमोद महतो, बरथवा–५ बस्ने बर्ष ४८ का महमद हसन कवारी, बरथवा–७ बस्ने बर्ष ३८ का दिनेश शाह भनेर चिनिने गोबिन्द साह, सोहि ठाउँ निवासी बर्ष ५५ का रामानन्द दास र १६ का बर्ष ३० को मनोज रायलाई प्रहरीले पक्राउ गरेको हो।

६० हजार ९९५ नेपाली रुपैयाँ र ५ हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको डीएसपी भाटले जानकारी दिएका छन्। यस्तै उनीहरुको साथबाट नगद र मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .