समाज


कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १६:८,

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको आज साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि आजै अस्पतामा भर्ना गरिएको थियो।

प्रतिष्ठानका सह– प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। कुनै रोग नभएका उनलाई मृत्युपश्चात पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो। यससँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad