काठमाडौंमा एटीएम तोडफोड गरिरहेको अवस्थामा एक युवा पक्राउ परेका छन्।
कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका ९ का १७ वर्षीय प्रज्वल खाँण रहेका छन्।
आइतबार राति पक्राउ परेका खाँणमाथि अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
3
Shares

प्रतिक्रिया