नेपाली विद्यार्थी कुटिएको भारतको देहरादूनस्थित एक विद्यालयबाट थप दुई नेपाली विद्यार्थी पश्चिमी नाका गड्डाचौकी हुँदै स्वदेश फिर्ता भएका छन्।
देहरादूनको शाक्य एकेडेमीमा अध्ययनरत दुई जना विद्यार्थी शुक्रवार स्वदेश फिर्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए।
बाग्लुङका १७ वर्षीय छविलाल जिमुवा र २० वर्षीय भीम तामाङ गड्डाचौकी नाकाबाट स्वदेश फर्किएका हुन् । ‘देहरादूनको विद्यालयबाट थप दुई जना विद्यार्थी आएका छन्, हामीले गाडी खोजेर घरसम्म पुग्ने व्यवस्था गरिदिएका छौँ,’ डिएसपी थापाले भने, ‘चोटपटक त्यस्तो केही देखिएको छैन।’
उनीहरुले स्कुलबाट भागेर नभइ सामान्य विदामा घर आएको बताएका प्रहरीले जनाएको छ। यस अघि बिहिवार देहरादूनबाट मकवानपुरका १७ वर्षीय नविन तामाङ, बाग्लुङका १७ वर्षीय भुमिराज घर्तिमगर, दार्जिलिङका ससन लामा, सैम्जन लामा र मन्जिल लामा पनि भागेर गड्डाचौकी नाका आइपुगेका थिए।
उनीहरुमध्ये नविन र भुमिराजलाई नाका प्रवेश दिइएको थियो । दार्जिलिङका तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर भारतकै बाटो घर पठाइएको प्रहरीले जनाएको छ। दुई दिनको अवधिमा गड्डाचौकी नाका भएर देहरादूनबाट फर्किएका चार जना नेपाली विद्यार्थीलाई उनीहरुको घर पठाइएको प्रहरीले जनाएको छ।
दसैं–तिहारको बिदा माग्दा देहरादूनस्थित भवनपुरको शाक्य एकेडेमीमा अध्ययरत नेपाली विद्यार्थीमाथी त्यहाँका अध्यक्ष एवं गुरु ज्ञानाबज्रा रिम्पोचेले निर्घात कुटपिट गरेका थिए।
यो पनि ‘प्रिन्सिपलसँग छलफल गरिरहँदा गुरुले एक्कासी लाठीले पिट्न थाले, अनि भागाभाग भयो...’
Shares

प्रतिक्रिया