सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन्।
बेलायतको पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ।
बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन्। रासस/एएनआई
369
Shares

प्रतिक्रिया