समाज


बेलायतका अनुसन्धानकर्ता भन्छन्- कोरोना भाइरसले मानिसको एन्टिबडी तीव्र गतिमा घट्दै छ

बेलायतका अनुसन्धानकर्ता भन्छन्- कोरोना भाइरसले मानिसको एन्टिबडी तीव्र गतिमा घट्दै छ

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १:७,

अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टिबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्।

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टिबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।

इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्टिबडी घटेको पाइएको छ।

यसले बिरामीका रोग प्रतिरोधी क्षमता कम भएको र कोरोनाभाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन्।

यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड १९ का कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले बढेको विवरण सार्वजनिक भएकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो।

रिएक्याट टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन्टीबडी परीक्षणमा सामेल भएका थिए।

जून महिनाको अन्त्यतिर र जुलाई महिनाको शुरूतिर गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा एन्टीबडिज पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो।

तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो। यसले गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले एन्टीबडिज घटेको देखाउँछ।

अध्ययनमा सहभागीमध्ये एक प्राध्यापक हेलेन वार्डले भनिन्, ‘रोग प्रतिरोधी क्षमता एकदमै तीव्र गतिमा घटिरहेको देखिन्छ। पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले एन्टीबडिजमा २६ प्रतिशतले कमी आएको देखिरहेका छौँ।’ बिबिसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad