ad ad

समाज


कतारको विमानस्थलमा महिलालाई नग्न बनाएर अनुसन्धान गरिएकोप्रति अस्ट्रेलियाको आपत्ति

कतारको विमानस्थलमा महिलालाई नग्न बनाएर अनुसन्धान गरिएकोप्रति अस्ट्रेलियाको आपत्ति

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १०:१४,

गत अक्टोबर २ तारिखका दिन कतारदेखि सिड्नीसम्मको उडानका क्रममा दोहास्थित हामद अन्तर्रष्ट्रिय विमानस्थलमा केही महिलाहरुलाई नग्न बनाएर अनुसन्धान गरिएको थियो।

विमानस्थलमा बेवासिरसे अवस्थामा नवजात शिशु भेटिएपछि त्यहाँका यात्रु महिलाहरुको शरीर र स्वास्थ्य परीक्षण गरिएको थियो।

शिशुको आमा पत्ता लगाउनुको लागि उक्त कार्य गरिएको कतारको विमानस्थलको भनाइ छ।

हालसम्म पनि नवजात शिशुको आमा को हुन् भनेर पत्ता लाग्न नसकेको बताइएको छ। हाल ती शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ।

यद्यपी अस्ट्रेलियाले यस घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको र महिलालाई नग्न बनाएर अनुसन्धान गरिनु ‘आपत्तिजनक र व्यापक अनुचित व्यवहार’ भएको बताएको छ।

यस विषयमा बुझ्न अस्ट्रेलियाले अस्ट्रेलियास्थित कतारको दूतावासलाई जानकारी गराएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .