काठमाडौंको टोखामा कारको ठक्करबाट १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ।
टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको मृत्यु भएको हो।
आइतबार दिउँसो कारले ठक्करबाट गम्भीरु घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालिका सडमा खेल्दै गर्दा कारले ठक्कर दिएको स्थानीयले बताएका छन्।
बालिकालाई ठक्कर दिने कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया