ad ad

समाज


सर्वसाधारणका लागि खोलिएन तलेजु भवानीको मन्दिर

सर्वसाधारणका लागि  खोलिएन तलेजु भवानीको मन्दिर

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ८:२४,

यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन।

काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो।

यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ।

बडा दशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्छ। यस अघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए।

तर, कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुल्ला नगरिएको हो। नेपाल सरकारले पनि औपचारीक सूचना जारी गरी कुनै पनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ।

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा पूजा गरिरहेको भेटियो। परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन।

मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजागर्ने चलन छ। नेपाल भरी भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .