७८ वर्षका लीको निधन भएको सामसुङले एक विज्ञप्ती जारी गर्दै बताएको छ। विज्ञप्तीमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ।
सामसुङद्वारा जारी सन्देशमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन जिडिपीको पाँच भागको एक भाग बराबर रहेको मानिन्छ। रासस/एएनआई
प्रतिक्रिया