ad ad

समाज


जनकपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

जनकपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १०:२४,

जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने ती महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ती महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .