ad ad

समाज


नयाँ दिल्लीको वायु झनै प्रदूषित बन्यो, ट्रम्प भन्छन्ः भारतको हावा फोहोरी

नयाँ दिल्लीको वायु झनै प्रदूषित बन्यो, ट्रम्प भन्छन्ः भारतको हावा फोहोरी

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १०:३,

शनिबार मापन गरिएको वायु गुणस्तर सूचक एक्वुआईमा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुदै गएको पाइएको हो।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको जनाएका छन्।

वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन्। यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो।

वायु गुणस्तर सूचक शुन्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ।

हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदूषित शहरको रुपमा चिनिदै आएको छ। प्रदूषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ।

हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको हावा निकै प्रदूषित र फोहोरी भएको बताएका थिए। उनले भारत, चीन र रुसका कारण विश्वमा प्रदूषण फैलिएको आरोप लगाएका थिए। पीटीआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .