ad ad

समाज


वैज्ञानिकको चेतावनी : कोरोना संक्रमणलाई सामान्य नठानौं, याे यति घातक छ

वैज्ञानिकको चेतावनी :  कोरोना संक्रमणलाई सामान्य नठानौं, याे यति घातक छ

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार २:४७,

अमेरिकाका वैज्ञानिकले सामान्य रुघाखोकी (फ्लु) भन्दा कोरोना भाइरसको संक्रमण निकै घातक रहेको चेतावनी दिएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले गरेको पछिल्लो अध्ययनले फ्लुबाट भन्दा कोरोनाबाट मृत्यु हुने जोखिम ५ गुणा बढी भएको देखाएकाे हाे। 

साथै फ्लुका बिरामीलाई भन्दा कोरोनाका बिरामीमा निमोनियाँ, सास फेर्न गाह्रो हुने, रगत जम्नेजस्ता थप १७ प्रकारका जटिल स्वास्थ्य समस्या हुने जोखिम रहने अध्ययनले देखाएकाे छ। 

लाइभसाइन्सका अनुसार अनुसन्धानकर्ताले मुलुकभरिका भेट्रान्स हेल्थ एड्मिनिस्ट्रेसन हस्पिटल्सबाट संकलित कोरोना संक्रमण र फ्लुका तथ्यांकको तुलनात्मक अध्ययन/विश्लेषण गरेका थिए।

त्यस क्रममा अस्पताल भर्ना भएकामध्ये काेराेनाका २१ प्रतिशत बिरामीको मृत्यु भएको पाइयो भने फ्लुका ४ प्रतिशत मात्रै। अर्थात् फ्लुकाे तुलनामा काेराेनाका बिरामीकाे मृत्युदर ५ गुणा बढी।

साथै फ्लुका भन्दा कोरोनाका बिरामीलाई आईसीयूमा भर्ना गर्नुपर्ने खतरा दोब्बर देखियो भने भने अस्पताल बसाइको अवधि पनि फ्लुका बिरामीको तुलनामा ३ गुणा बढी पाइयो।

त्यसैगरी कोरोनाका बिरामीमा दर्जनौं स्वास्थ्य समस्या देखापर्ने उच्च जोखिम हुने अध्ययनले देखाएको छ।

फ्लुका बिरामीको तुलनामा कोरोना संक्रमितमा एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) हुने सम्भावना १९ गुणा बढी हुन्छ। यो भनेको फोक्साको त्यस्तो गम्भीर समस्या हो, जसले रगतमा अक्सिजनको मात्रा कम गराउँछ।

त्यसैगरी फ्लुलका बिरामीको तुलनामा तुलनामा कोभिड-१९ रोगीमा मुटुको मांसपेशीमा इन्फ्लेमेसन हुने, फोक्सोमा रगत जम्ने तथा मस्तिष्कमा रक्तस्राब हुने समस्या दोब्बर हुने पनि अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .