ad ad

कारोबार


नेपाल वायु सेवा निगम सुधार्न नवनियुक्त महाप्रबन्धकले जारी गरे यस्ता १६ निर्देशन

नेपाल वायु सेवा निगम सुधार्न नवनियुक्त महाप्रबन्धकले जारी गरे यस्ता १६ निर्देशन

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ३:२०,

नेपाल वायुसेवा निगमभित्र बढ्दै गएकाे बेथिति र अराजकता नियन्त्रणका लागि भन्दै नवनियुक्त महाप्रबन्धक प्रकाश पौडेलले १६ बुँदे निर्देशन जारी गरेका छन्।

केही समययता निगममा बढ्दै गएको अनुशासनहीनता तुरुन्त हटाउन भन्दै उनले कडाइसाथ अनुशासन पालना गराउने निर्देशन जारी गरेका हुन्।

जसमा निगमले तोकेको समय बिहान १० बजे सबै कर्मचारी कार्यलय आइपुग्नुपर्ने, कुनै कारण ढिला भए एक महिनामा ४ पटकसम्म १५ मिनेटका दरले छुट दिने तर योभन्दा बढी भएमा गयल जनाउने साथै ढिलो आएको दिन चाँडै निस्केमा कुनै छुट नदिने उल्लेख छ।

त्यस्तै, खाजा समय ३० मिनेट मात्र हुने, कार्यालयमा हाजिर गरी बाहिर गएमा अनुशासनहीनताको कारबाही गर्ने, निर्धारित पोसाक र परिचयपत्रबिना कमार्यालय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउन र एक महिनामा चारपटकभन्दा बढी यस्तो हेलचक्र्याइँ गरे कार्यालयमै छिर्न नदिन पनि विभागहरूलाई निर्देशन दिइएको छ।

बिनाकाम अबेरसम्म कार्यालयमा बस्दैमा तथा एक घण्टाभन्दा कम अवधिलाई ओभरटाइममा गणना नगर्न पनि उनले निर्देशन दिएका छन्।

जारी निर्देशनमा प्रत्येक विभागका प्रमुखले महिनाको ५ गतेभित्र मासिक प्रगति विवरण पठाउनैपर्ने, विभागीय प्रमुखले प्रयोग गर्ने सवारीसाधन निगममै पार्किङ गर्नुपर्ने, निगमका प्रवक्ता र सहप्रवक्ताले निगमका विभाग, महाशाखा वा शाखा, जहाँबाट होस्, सूचना मागिएमा २० मिनेटभित्र दिनुपर्नेलगायत विषय उल्लेख छन्।

आर्थिक रूपमा धराशायी बनेको निगमलाई सबल बनाउन पहिला संगठनभित्रका आचरण र अनुशासन बलियो बनाउनुपर्ने भएकाले प्रारम्भिक रूपमा यस्तो सुधारको थालन गरिएको महाप्रबन्धक पौडेलले बताएका छन्।
अहिले पनि निगमलाई सुधार्न नसके कहिल्यै नसकिने उनको भनाइ छ।

यस क्रममा महाप्रबन्धक पौडेलले बिहान, बेलुका जुनसुकै समयमा त्रिभुवन विमानस्थलअन्तर्गत निगमका कामको छड्के अनुगमन पनि गर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .