हात्तीको आक्रमण बढ्न थालेपछि ओडिसा राज्यले ३ वर्षे योजना ल्याउन लागेको छ, जसले जनावरको आक्रमणलाई नियन्त्रण गर्ने योजना लिएको छ।
योजना अनुसार टास्क फोर्स गठन गरिनेछ। यस टास्क फोर्स हतियारसहित जनावरको आतंक भएको क्षेत्रमा खटाइने छ।
यो समूहले जनावरको आक्रमणलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
गएको तीन दिनको अवधिमा ओडिसाको मयुरभन्ज, सुदारगढ र अंगुल जिल्लामा हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार गतवर्ष मात्र ओडिसामा हात्तीको आक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो भने १३२ घाइते भएका थिए।
252
Shares

प्रतिक्रिया