काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३ हजार १०७ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया