ad ad

समाज


दलालको फन्दामा परेर दिल्ली पुर्‍याइएका दुई महिलाको उद्धार

दलालको फन्दामा परेर दिल्ली पुर्‍याइएका दुई महिलाको उद्धार

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ८:५१,

भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी ल्याइएको छ।

कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्‍याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो। २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन्।

घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आएकी उनी दलालको फन्दामा परेर दिल्ली पुगेको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए। उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उनको उद्धार गरिएको जनाइएको छ।

यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पुर्‍यााएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ। दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो। प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पु¥याउने दलाल भने फरार भएको जनाइएको छ।

यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो।

‘दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्’, चौधरीले भने, ‘उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .