ad ad

राजनीति


संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय संविधानविपरीत : सिंह

संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय संविधानविपरीत : सिंह

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ८:५६,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।

बुधबार काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न स्थानमा आयोजित मास्क वितरण कार्यक्रममा नेता सिंहले कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय संविधानविपरीत भएको बताएका हुन।

उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत आरोप लगाए।

कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए। ‘सरकार नगरिककको उपचार गर्नबाट समेत पछि हट्यो, यो गैरजिम्मेवारपूर्ण कदम हो’, उनले भने।

त्यस्तै उनले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने कामले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने नियत देखिएको बताए।

केही दिनअघिदेखि नै नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण सुरु गरेका छन्। यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गर्दै आएका छन्।

मास्क वितरण ठूलो काम नभए पनि यो महामारीको समयमा सचेतनाका लागि महत्त्वपूर्ण हुने भयकाले स्थानीय पार्टीका नेताहरुको आग्रहमा आफूले यो अभियान सुरु गरेको बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .