ad ad

समाज


दसैँमा के खाने, के नखाने? यस्तो छ पोषणविद्को सुझाब

दसैँमा के खाने, के नखाने? यस्तो छ पोषणविद्को सुझाब

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ९:१७,

कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाब दिएकी छन्।

डा. ठकुराठीले दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने बताइन्। खासगरी दसैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ।

कोरोना संक्रमणसँग लड्न पनि खाने कुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उनले जोड दिएकी छन्। मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गरिन्। तर, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तु नखादा सबैभन्दा राम्रो गर्ने उनको भनाइ छ।

छोटो अवधिमा अनियन्त्रिक किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरिरमा असजिलो ल्याउने मात्र नभई रोगब्याधी समेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताइन्। मोटो पन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनीको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

दशैंका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिक रुपमा गर्न पनि उनले सुझाब दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .