रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्प आगलागी हुनबाट जोगिएको छ।
पम्पको लागि ल्याइएको इन्धन सोमबार साँझ ट्यांकीमा खन्याउने क्रममा ट्यांकरमा आगो लागेको हो।
पेट्रोल पम्प भित्रै रहेको ट्यांकरमा आगो लागेपनि पम्पमा आगलागी हुने ठुलो जोखिमबाट जोगिएको प्रहरीले जनाएको छ।
रुपन्देहीका विभिन्न पालिकाका तीनवटा दमकलको १ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आउन सकेको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।
आगलागीबाट पम्पलाई जोगाउन सकिएको भएपनी ट्यांकर र त्यसमा भएको इन्धन भने सबै जलेको खत्रीले बताए। पम्पमा सामान्य क्षति पुगेको छ।
894
Shares
प्रतिक्रिया