हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार २६५, सोमबार थपिए १५ नयाँ बिरामी

हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार २६५, सोमबार थपिए १५ नयाँ बिरामी

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १०:४३,

यससँगै हङकङको कुल कोरोना संक्रमितको संख्या ५ हजार २६५ पुगेको एससीएमपीले जनाएको छ।

यहाँ कोरोनाका कारण १०५ जनाको मृत्यु भइसक्दा संक्रमितमध्ये ४ हजार ९ सय ८२ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।

हाल यहाँ १ सय ७० को आसपासमा मात्र सक्रिय संक्रमित छन्।

यसैबीच हाल विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नाघेको छ। हालसम्म ११ लाख १८ हजारको यसै भाइरसका कारण मृत्यु भएको छ।

३ करोड एक लाख ३८ हजार भने उपचारपछि स्वस्थ बनेका छन्। हाल कोरोनाविरुद्धको खोप विकासकै क्रममा छन्।

चीन, अमेरिका, बेलायत तथा रुसजस्ता देशका खोप तेस्रो चरणमा प्रवेश गरिसकेका छन्। यसैवर्षको अन्तिममा नभए अर्को वर्षको सुरुवाती महिनाहरुमा कोरोनाको खोप उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .