समाज


काठमाडौंमा २६ वर्षीय बिरामीले अस्पतालको तीन तलाबाट हामफाले

काठमाडौंमा २६ वर्षीय बिरामीले अस्पतालको तीन तलाबाट हामफाले

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ४:३५,

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना भएका एक बिरामीले सोमबार बिहान हामफालेका छन्।

गाैशाला प्रहरीका अनुसार सोलुखुम्बुको जुगु गाउँपालिका घर भई बानेश्वरमा बस्ने गरेका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८:४५ बजे अस्पतालकाे तेस्राे तलाबाट हामफालेका हुन्।

गम्भीर अवस्थामा फेला परेका उनकाे उपचारका क्रममा मृत्यु भएकाे छ। 

प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए।

गौशालास्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगोले हातखुट्टा पोलेपछि उनलाई उपचारका लागि केएमसी ल्याइएको थियो।

कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad