आज (सोमबार) देखि पर्सि (बुधबार) सम्म एक दुई स्थानबाहेक अन्य स्थानमा वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाबाहेक देशका अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहनेछ।
हेर्नुहोस्, महाशाखाको बुलेटिन :
कार्तिक ०३ गते सोमबार
दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक ०४ गते मंगलबार
दिउँसो : प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक ०५ गते बुधबार

याे पनि : नेपालबाट बाहिरियो मनसुन

प्रतिक्रिया