ad ad

समाज


लखनखेलका धेरैजसो मासु पसल फोहोर, मासु गन्हाएको

लखनखेलका धेरैजसो मासु पसल फोहोर, मासु गन्हाएको

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ३:४७,

ललितपुरकाे लगनखेल बजारका धेरैजसाे मासु पसल मापदण्डविपरीत पाइएका छन्।

ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाइएका हुन्। 

महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका ७ मासु पसलको अनुगमन गर्दा धेरैजसाे  पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिज फोहर र गन्हाउने मासु पनि भेटिएको बताए।

उनले भने, ‘हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छाैँ।’

उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजार कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराइन्।

महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले उपभोक्ताले उचित र सुलभ मूल्यमा गुणस्तरीय सामग्री बजारबाट प्राप्त गर्न सकेका छन् या छैनन् भन्ने बुझ्न आफूहरु लागिपरेको बताए।

उनले भने, “हामीले दैनिक बजार अनुगमन गरी मापदण्डअनुसारका सामग्री बिक्री नगर्ने र स्थानीय तहका साथै सम्बन्धित निकायमा दर्ता पनि नगरी बजार सञ्चालन गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने भएका छाैँ।”

यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन्।

अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पर्‍याएर व्यवसाय अघि बढाउन आग्रह गरेकोे जानकारी गराए।

ललितपुरमा शुक्रबार सुरु गरिएकाे बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो। महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .