समाज


साथीको हत्या गरी भारत फरार, ११ वर्षपछि स्वदेश फर्कंदा नाकाबाटै पक्राउ

साथीको हत्या गरी भारत फरार, ११ वर्षपछि स्वदेश फर्कंदा नाकाबाटै पक्राउ

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १२:३३,

आफ्नै सहकर्मीको हत्या गरी फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

११ वर्षअघि ललितपुरको एक इटाभट्टामा काम गर्ने साथीलाई हत्या गरेर फरार हुँदै आएका मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेर काठमाडौ लयाएको हो

उनीहरुले २०६६ वैशाख २८ गते ललितपुरको गोदावरी नगरपालिका १३ को आरएम इटा भट्टामा काम गर्ने मकवानपुरको भीमफेदीका डिलबहादुर योञ्जनलाई कोदालीको बिँडले हानी घाइते बनाएका थिए। योञ्जनको घटनाको भोलिपल्ट वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरु फरार भई भारतको नयाँदिल्लीमा लुकिछिपी बस्दै आएका थिए। उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए।

नयाँदिल्लीमा परिचयसमेत बदलेर काम गर्दै आएका उनीहरुले पछि परिवारसमेत उत्तै लगेको खुल्न आएको ब्युरोले जनाएको छ। निरन्तरको निगरानी पश्चातनेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको ब्युरोले जनाएको छ।

 उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .