ad ad

समाज


धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ८:४,

यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ।

झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो। माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो। उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .