ad ad

समाज


नक्कली भिषा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने समूह पक्राउ

नक्कली भिषा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने समूह पक्राउ

नेपालखबर
असोज २९, २०७७ बिहिबार १२:४६,

नक्कली भिषा देखाएर क्रोएसिया पठाउने एक समुहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा रहेका छन्।

उनीहरुले रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ९ जनासँग प्रति ब्यक्ती ३ लाख सात हजार असुलेको प्रहरीले जनाएको छ।

काठमाडौंको बुढानिल्कण्ठस्थित कपन फैकामा अस्थाई बसोबास गर्दै आएका उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .