ad ad

कारोबार


सहरी विकास मन्त्रालयमा मन्त्री नेम्वाङको विदाइ, श्रेष्ठको स्वागत

सहरी विकास मन्त्रालयमा मन्त्री नेम्वाङको विदाइ, श्रेष्ठको स्वागत

नेपालखबर
असोज २९, २०७७ बिहिबार १२:५९,

सहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उक्त मन्त्रालयको जिम्मेवारी छोडेका छन्।

सहरी विकासमन्त्रीका रुपमा कृष्ण गोपाल श्रेष्ठको नियुक्ति, शपथ र पदभार ग्रहणसँगै नेम्वाङको विदाइ गरिएको हो।

नयाँ मन्त्रीको स्वागत तथा नेम्वाङको विदाइको एउटा कार्यक्रम आजै राखिएको थियो।

nembang shrestha 2

नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगै सात महिनायता सहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका थिए।

स्वागत तथा विदाइ कार्यक्रममा मन्त्री नेम्वाङले सहरी विकास मन्त्रालयको सात महिने कार्यकाल अविस्मरणीय रहेको उल्लेख गर।

मन्त्री नेम्वाङले तयार गरेको कार्यक्रमलाई निरन्तरता दिने नवनियुक्त मन्त्री श्रेष्ठले बताए। सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्री नेम्वाङले सम्हालेको सात महिने अवधिमा मन्त्रालयले अत्यन्तै महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको बताए।j

nembang shrestha 3

उनले भने, ‘मन्त्रीज्यूको स्पष्ट मार्गनिर्देशन र भिजनमा हामीले थुप्प्रै नयाँ कार्यक्रमरुरु अगाढी बढाएका छौँ। सुरक्षित नागरिक आवासअन्तर्गत यही वर्ष १ लाख ५० हजार फुसको छाना विस्थापित गर्ने र आगामी तीन वर्षभित्र पूर्णरुपमा फुसको छाना हटाइसक्ने नीति लिएका छौ। संघीय संसद भवन, मन्त्री निवास, मुख्यमन्त्री सम्पर्क कार्यालय र ३ हजार सीट क्षमताको सभा हल गोदावारीमा निर्माण सम्पन्न हुने चरणमा रहेको छ। साथै अन्य थुप्रै नीतिगत उपलब्धीहरु हासिल गरेका छौँ।’

nembang shrestha 4
nembang shrestha 5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .