ad ad

समाज


कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

नेपालखबर
असोज २९, २०७७ बिहिबार ५:४४,

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना संक्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ।

महानगर प्रमुख मानबहादुर जिसीले बिहीबार सूचना जारी गरी केही कर्मचारीमा भाइरस संक्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए।

त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए।

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ। भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .