समाज


अमेरिकी युवा दुईपटक कोरोना संक्रमित बने, दोस्रोपटक गम्भीर बिरामी परे

अमेरिकी युवा दुईपटक कोरोना संक्रमित बने, दोस्रोपटक गम्भीर बिरामी परे

नेपालखबर
असोज २८, २०७७ बुधबार ११:१२,

तर दोस्रोपटक संक्रमित बन्दा उनमा कोरोनाले घातक असर गर्छ भनेर अनुमान गरिएको थिएन।

यद्यपी उनी दोस्रोपटकमा गम्भीर बिरामी परेको अमेरिकी डाक्टरहरुको एक रिपोर्ट उदृतगर्दै बीबीसीले जनाएको छ।

ल्यानसेट जर्नलमा प्रकाशित रिपोर्टअनुसार ती युवालाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।

यसअघि विज्ञहरुले एकपटक कोरोना लागेपछि निको भएकालाई दोस्रोपटक संक्रमण हुने खतरा अत्यन्त न्यून हुने बताएका थिए।

कोरोना लागेपनि कोरोनाविरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकास भएका हुनाले गम्भीर बिरामी पर्ने सम्भावना नहुने बताइएको थियो।

तर गम्भीर बनेका उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। अध्ययनले कोरोना लागेर निको भएका व्यक्तिलाई पनि कोरोना लाग्ने र त्यो गम्भीर हुने सम्भावना भएकाले सजग रहन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad