नेपालमा पछिल्ले २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।
पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएसँग अहिलेसम्मको परीक्षणको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ।
त्ययस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।
534
Shares

प्रतिक्रिया