किसान बुसा कृष्ण राजुले ट्रम्पलाई आफ्नो आदर्श मान्दथे। त्यसकारण उनले आफ्नो नाम ट्रम्प क्रिस राखेका थिए।
उनले ट्रम्पको मूर्ति पुजा पनि गर्दै आएका थिए। यसबीचमा ट्रम्पलाई हालै कोरोना भाइरसको संक्रमण भएको थियो।
ट्रम्पलाई कोरोनाको संक्रमण हुना साथ राजु ट्रम्पको स्वास्थ्य लाभको लागि भन्दै ब्रत बसेको भारतीय संचारमाध्यमले जनाएको छ।
उनी पाँच दिन ब्रत बसेका थिए। त्यसबीचमा उनले खाना र पानी केही सेवन गरेनन्।

गत शनिबार जब उनले ट्रम्प केही स्वस्थ बनेको खबर सुन, उनले ब्रत तोडेका थिए।
चियाँ पिउँदै उनले ब्रत तोडेका थिए। तर ब्रत तोडेको केही समयमै ३२ वर्षका राजुको हृदयघातका कारण मृत्यु भयो।
सन् २०१६ मा जब ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए त्यसबेला देखि नै राजुले ट्रम्पलाई आफ्नो आदर्श र भगवान भन्न थालेका थिए। इन्डियन एक्सप्रेस
Shares

प्रतिक्रिया