समाज


बंगालमा निम्न चापीय क्षेत्र शक्तिशाली बन्दै,‘तर नेपालमा विपद् निम्त्याउने सम्भावना छैन’

बंगालमा निम्न चापीय क्षेत्र शक्तिशाली बन्दै,‘तर नेपालमा विपद् निम्त्याउने सम्भावना छैन’

नेपालखबर
असोज २६, २०७७ सोमबार १:२५,

भारत बंगाल खाडीमा विकसित शक्तिशाली निम्न चापीय क्षेत्र अझ शक्तिशाली बन्दै गएको भए पनि अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा कुनै विपत्ति ल्याउने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

महाशाखाले सोमबार बिहान जनाएअनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (डिप्रेसन) रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर-पश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ।

त्यहाँ बनेकाे प्रणाली उल्लेख गर्नुपरे पनि त्यसले नेपालमा कुनै विपद् ल्याउने सम्भावना नरहेकाे मौसमविद् विभूति पोखरेलले बताएकी हुन्। 

‘त्यसले नेपालमा खासै असर गर्ने देखिया छैन,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, वर्षा भयो भने हल्कासम्म हुने सम्भावना छ, त्यस्तो कुनै विपत्ति नै निम्त्याउने खालको हुँदैन।’

अहिलेसम्मको अध्ययनले त्यो चक्रवात भन्ने सम्भावना पनि नदेखिएको उनको भनाइ छ।

‘बन्यो भने पनि नेपालमा त्यस्तो विपत्ति निम्त्याउने देखिएको छैन,’ मौसमविद् पोखरेलले भनिन्।

माैसममा थप कुनै परिवर्तन देखापर्‍याे भने आफूहरूले बुलेटिनमार्फत जानकारी गराउने उनले बताइन्। 

अहिलेसम्म औपचारिक रूपमा देशभरबाटै मनसुन बाहिरिएको घोषणा मौसम पूर्वानुमान महाशाखाले गरिसकेको छैन।

‘सुदूरपश्चिमदेखि लगभग गण्डकी प्रदेशसम्म मनसुनी गतिवधि अन्त्य भइसक्यो,’ माैसमविद् पाेखरेलले भनिन्, ‘बाँकी प्रदेशमा मनसुन बाँकी छ कि छैन भन्ने विषयमा हामी छलफल गरेर टुंगोमा पुग्छौं।’

माैसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे तीन दिनसम्मकाे माैसम अनुमान :

असोज २ गते (सोमबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने छ।देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ।

असोज २ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad