समाज


सल्यानमा गोरुको आक्रमणबाट एकको मृत्यु, एक घाइते

सल्यानमा गोरुको आक्रमणबाट एकको मृत्यु, एक घाइते

नेपालखबर
असोज २५, २०७७ आइतबार १२:२०,

गोरुको आक्रमणबाट सल्यानमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो। बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad