खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानी चामल भेटिएको छ।
आज महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको थियो। अनुगमन टोलीका अनुसार चामलका बोरामध्ये केहीमा उत्पादन मिति देखिन्छ। केहीमा २०१९ देखिन्छ। अधिकांशमा यस प्रकारको लेबल छैन।
कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीका अनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो। गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो।

त्यस्तै खाद्य वस्तु कुनैमा लेबल नदेखिएपछि कम्पनीकी गुणस्तर अधिकृत दीपा लामिछानेले भनिन्, ‘हामी लेबल राख्ने चरणमा छौँ। ढिलो चाँडो लेबल राख्छौँ।’
यो सरकारका निकायको गम्भीर लापरबाही भएको उल्लेख गर्दै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारबाही गर्ने सरकारले जे पायो त्यही गर्न नमिल्ने बताए।
अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौतम कार्यालय बाहिर थिए।


प्रतिक्रिया