कारोबार


किसानको बचत नभएसम्म कृषि सुनिश्चित हुँदैनः कृषिमन्त्री भुसाल

किसानको बचत नभएसम्म कृषि सुनिश्चित हुँदैनः कृषिमन्त्री भुसाल

नेपालखबर
असोज २५, २०७७ आइतबार ८:३०,

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताएका छन्।

कृषि मन्त्रालयअन्तर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतबार संयुक्त रुपमा आयोजना गरेको ४०औँ विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जीविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताएका हुन्।

‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवन धान्नसक्ने हुनुपर्छ’, उनले भने, ‘कृषिले उसको जीवन धानेर भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ। यसले कृषि पेशा सुनिश्चित हुँदैन।’

खाद्य दिवस मनाइरहँदा विश्वका अर्बौँ मानिसहरू किन खाद्य संकटको वरिपरि रहेका छन् भन्ने कृरा बिर्सिन नहुने मन्त्री भुसालले बताए। दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्चित गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ।

‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौँ, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ’, उनले भने।

उनले कृषिलाई ४० वर्षको अवधिमा धेरै मिहिनेतको साथ बिगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताए। कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो जो केही राम्रो पनि गरेको छ, केही त्यति राम्रो गरेको छैन’, उनले भने, ‘कृषिलाई आफ्नो इतिहास, परम्परा र संस्कृतिअनुसार कृषिलाई दिगो बनाउनुपर्छ।’

कृषकले बाटोमा दूध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन्, यो गहिरो अध्ययनको विषय रहेको बताउँदै उनले अंक वृद्धि तथा नाफा कमाउन सोचले मान्छेको अवमूल्यन हुन थालेको बताए। मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उनले बताए।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बचाई राख्न चुनौती रहेको बताए। आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रमोट गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजानुपर्ने बताए।

सप्ताहव्यापी रूपमा मनाइने ४०औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ। यस वर्षको नारा हाम्रो पहल : दिगो कृषि, पोषिलो आहार’ रहेको छ।

कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिनुपर्ने बताए।

अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्ने कुरा उनले जोड दिए।

उनले भने, ‘जसलाई हामी खाद्यान्न दिन्छौ त्यो स्वच्छ र पोषिलो हुनेपर्छ अनि मात्र दिगो कृषि सफल हुन्छ ।’ कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने कुरामा पनि उनले जोड दिए।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए। कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उनले यसलाई अवसरको रुपमा लिनुपर्ने बताए।

खाद्य सुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्ने कुरामा पनि उनले जोड दिए। उनले कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव पारेको छ तर यसलाई कृषि विकासका लागि अवसरको रुपमा पनि लिनुपर्ने बताए।

कार्यक्रममा कृषि अभियन्ता सोनाम साथी, राष्ट्रिय भूमि अधिकार मञ्चका सरस्वती सुव्वा लगायतले आआफ्नो धारणा राखेका थिए । यो दिवस विभिन्न कार्यक्रम गरी ३० गतेसम्म मनाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad