राजनीति


अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरिया आफ्नो इतिहासकै ठूलो सैन्य शक्ति प्रदर्शन गर्ने तयारीमा

अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरिया आफ्नो इतिहासकै ठूलो सैन्य शक्ति प्रदर्शन गर्ने तयारीमा

नेपालखबर
असोज २५, २०७७ आइतबार १:१३,

उत्तर-कोरियाले आफ्नो इतिहासमै ठूलो सैन्य प्रदर्शनको तयारी गरिरहेको छ। कोरोना महामारीकै बीच उत्तर-कोरियाले सैन्य उत्सवको तयारी थालेको हो।

बीबीसीका अनुसार उत्तर-कोरियाको सत्तारूढ दल वर्कर्स पार्टीको ७५औं वार्षिकोत्वसका अवसरमा अहिलेसम्मकै (उत्तर कोरियाको इतिहासमा) ठूलो सैन्य परेड गर्ने तयारी भइरहेको हो।

उत्तर-कोरियाका लागि यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने तथा कम्युनिस्टको शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो।

निकै वर्षदेखि अमेरिकासँग टक्कर परिरहेको उत्तर-कोरियाका सर्वोच्च नेता (शासक) किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भए पनि कुनै सम्झौता हुन सकेन।

याे पनिउत्तर कोरियाद्वारा अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad