समाज


१३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई जन्मकैदको फैसला

१३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई जन्मकैदको फैसला

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १४:५०,

आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत नवलपरासी पूर्वले जन्मकैदको फैसला गरेको छ। अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ  क्षतिपूर्ति भराउन पनि निर्देशन दिएको छ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा सर्लाही घर भई नवलपरासी पूर्वको कावासोतीमा बस्दै आएका ४० वर्षका बाबुलाई जन्मकैदको फैसला गरेको हो।

बाबुको यौन शोषणबाट १३ वर्षीया छोरी गर्भवती भएपछि एक वर्षअघि घटना सार्वजनिक भएको थियो। पत्नी र छोराछोरीसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत ती व्यक्तिले दुई वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका प्रहरीले जनाएको छ।

अदालतमा उनले छोरीलाई पटकपटक बलात्कार गरेको स्वीकारेका छन्। बलात्कारपछि छोरीको पेटमा रहेको गर्भ पतन गराएको बयान पनि उनले अदालतमा दिएका छन्।

हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै केही सम्पत्ति नभएका कारण पीडित बालिकालाई सरकारी राज्य कोषबाट ५० हजार क्षतिपूर्ति भराउने फैसलासमेत अदालतले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad