नेपाल प्रहरीका हवल्दार १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बाँकेको ईलाका प्रहरी कार्यालय खजुरा खुर्दमा कार्यरत हवल्दार राजेशबहादुर दुवाल १३ हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कोहलपुर बुटवलले जनाएको छ।
उनले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र इट्टा भट्टासम्म लैजानका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको आरोप छ।
शुक्रबार घुस लिइसकेको अवस्थामा बाँकेको जानकी गाउँपालिका ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया