कोरोना संक्रमणको कारण मेडिकल कलेज कोहलपुरमा एक महिलाको मृत्यु भएको छ।
सुर्खेत घर भइ मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको यही असोज १३ गते स्वाव संकलन गरिएको थियो । त्यसको दुई दिन पछि रिपोर्ट पोजेटिभ आएको थियो। त्यसैदिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो।
‘रोगको प्रकृति अनुसार सबै किसीमको उपचार गर्दा पनि विरामीको स्वास्थ्य अवस्था सुधार नभएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
कोरोना संक्रमणको कारण उनलाई निमोनिया भएको र बचाउन नसकिएको कोहलपुर शिक्षण अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया