नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १४ हजार २०९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या ११ लाख १३ हजार ४८५ पुगेको छ।
त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।
प्रतिक्रिया