सोमबार भएको आक्रमणमा दुई भारतीय सेनाको मृत्यु हुँदा अन्य तीन सेना घाइते भएको बताइएको छ।
कान्धीझलस्थित पाम्पोर क्षेत्रमा सोमबार मध्यान्न १२ बजेर ५० मिनेटमा आक्रमण भएको थियो।
हाल घाइते ३ सेनाको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ। भारतीय संचारमाध्यमका अनुसार आतंककारीले सीआरपीएफका ११० बटालिएनमाथि आक्रमण भएको थियो।
गतवर्षको फेब्रुअरी १४ मा पनि आतंककारीले कस्मिरको पुलवामामा आत्मघाती बम बिस्फोट गराउँदा ४० भारतीय सेनाको मृत्यु भएको थियो।
उक्त आक्रमणको जिम्म जैस–ए मोहम्मद समूहले लिएको थियो। भारतले जैस–ए मोहम्मदलाई पाकिस्तान सरकारको साथ रहेको आरोप लगाउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया