ad ad

समाज


कुटपिटबाट गम्भीर घाइते वृद्धको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

कुटपिटबाट गम्भीर घाइते वृद्धको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

नेपालखबर
असोज १९, २०७७ सोमबार ४:५६,

गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिले आफुनै बुबालाई कुटपिट गरेर हत्या गरेका छन्।

इस्मा गाउँपालिका ४ दोहोलीका अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुर बस्नेतलाई कुटपिट गरेर हत्या गरेका हुन्।

आइतबार साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए। घाइते बस्नेतलाई उपचारका लागि आइतबार साँझ सुरुमा तम्घास अस्पताल लगिएको थियो।

मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गरेको थियो। अवस्था गम्भीर रहेको भन्दै मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेका थिए।

अस्पताल डुलाउँदा डुलाउँदै सोमबार बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्त अनिल फरार छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .