नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७७ देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएको बताए।
शनिबार पनि सबैभन्दा बढी काठमाडौँमा १ हजार १ जना संक्रमित भएका छन्। त्यस्तै बढी संक्रमित हुने जिल्लाहरुमा सुनसरीमा १२२, मोरङमा १११, ललितपुरमा १०९, रुपन्देहीमा ९८, कैलालीमा ९३, रौतहटमा ८२ र चितवनमा ७५ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ भने प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ।
हेरौँ आज कुन जिल्लामा कति संक्रमित थपिए?




प्रतिक्रिया