समाज


थप २१ सय २० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

थप २१ सय २० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

नेपालखबर
असोज १७, २०७७ शनिबार १०:३७,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएकाे बताए। 

प्रवक्ता गाैतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ।

प्रवक्ता गौतमका अनुसार आज १२ हाजर ९७८ पीसीआर परीक्षण गरिएको थियाे।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जानको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको सख्या ५२८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad