ad ad

समाज


राँगाको मासु खाँदा १४ जना बिरामी

राँगाको मासु खाँदा १४ जना बिरामी

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ८:३८,

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

‘स्थानीय बंगला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्’, प्रवक्ता थापाले भने, 'त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .