प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सत्तारुढ दल नेकपाको शीर्ष तहमा पनि भालुवाङमा स्थायी राजधानी बनाउने सहमति जुटेको थियो।
सोही सहमति अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल मन्त्रीले जानकारी दिए ।
सो निर्णय प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।
प्रदेश बनेको लामो समयसम्म पनि स्थायी राजधानी र नाम तोक्न नसकेको भनेर आलोचना भइरहेको थियो । यसअघि प्रदेशको राजधानी बुटवल बनाउन दबाब थियो। अहिले अस्थायी राजधानी बुटवलमैं रहेकाे छ। साे प्रदेशकाे नाम पनि ताेक्ना बाँकी नै छ।
केही समयअघि प्रदेश ३ ले स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो। अब प्रदेश १ र २ को मात्र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ।
Shares
प्रतिक्रिया